भक्तपुरमा चितुवाको आक्रमणबाट दुई घाइते

२०८० कार्तिक २४, शुक्रबार

काठमाडौं : भक्तपुरको गठ्ठाघर–३ मा चितुवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितुवा फेला परेको जनाएको छ ।

चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते दुवैजनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिइसकेको छ ।

चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार