उपरथी पाण्डेले दिए राजीनामा

२०८० कार्तिक २४, शुक्रबार

काठमाडौँ : उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।

विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको सेनाको उच्च स्रोतले  बतायो । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार