उपरथी पाण्डेको राजीनामा स्वीकृत

२०८० कार्तिक २४, शुक्रबार

काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

जन्ममिति सच्याएको विषयमा छानबिन सुरु भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए । रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो । नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरु भएको थियो ।

पाण्डे आगामी प्रधान सेनापतिको रोलक्रममा समेत थिए । प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापतिको रोलक्रममा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार