शैक्षिक भ्रमणमा आएको बस दुर्घटना, १६ जना घाइते

२०८० कार्तिक २४, शुक्रबार

धरान : धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ । नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस यहाँ आएका थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो  ।

स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि  सामान्य क्षति भएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार