बालेन र गृहमन्त्री श्रेष्ठबिच भेटघाट

२०८० कार्तिक २५, शनिबार

काठमाडौँ : उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच लञ्चसहितको भेटघाट भएको छ । शनिवार बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।

बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।

केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार