काठमाडौँ र भक्तपुरमा लाखौँको धनमाल चोरी

२०८० कार्तिक २५, शनिबार

काठमाडौँ : काठमाडौँ र भक्तपुर जिल्लामा लाखौँ बराबरको धनमाल चोरी भएको छ ।  काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको हो । साथै आवश्यक सोधपुछको लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

उता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय विष्णु बस्नेतको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी सोही नगरपालिका-२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युवराज अधिकारीको घरबाट नगद ६० हजार रुपैयाँ, १६ हजार भारतीय रुपैयाँ र विभिन्न सुन तथा हिराका गर-गहना गरी करिब २० लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार