विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

२०८० कार्तिक २५, शनिबार

विराटनगर : विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित शनिबार दिउँसो दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एक जना भारतीय बालक पनि छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका-४ का २८ वर्षीय आशिषकुमार भगत र भारत अररिया जोगवनीका १२ वर्षीय बालकलाई पक्राउ गरिएको हो। उनीहरूलाई विराटनगर-१६ दरैयाबाट दिउँसो सवा ४ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ। पैदलयात्रामा रहेका उनीहरूलाई लागूऔषध ब्युरोको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ४.६० ग्राम ब्राउन सुगर फेला परेको थियो।

साथै लागूऔषध डाइलेक्स डीसी र नाइट्रोसन तथा १२ हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार