दोधारा चाँदनीमा सहकारीबाट ५ लाख बढी चोरी, दुई युवक पक्राउ

२०८० कार्तिक २५, शनिबार

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकामा सहकारीमा चोरी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का ३६ वर्षीय अजयसिंह ठकुरी भनिने अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरीका २३ वर्षीय विशाल भनिने सुन्दर टमाटा रहेका छन्।

चाँदनी कृषि सहकारी संस्थाबाट २२ कार्तिकको राति साढे पाँच लाख बढी रकम चोरी भएको थियो। अर्को दिन बिहान चोरी घटना बारेमा सहकारीले प्रहरीलाई जानकारी गराएको थियो। सहकारीका पदाधिकारीले ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको भनेर प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले चोरी घटनाको अनुसन्धान गरेर घटनामा संलग्न ती दुई युवकलाई नगद रकमसहित भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट समातेको हो। उनीहरुको साथबाट २ लाख ३८ हजार ८० रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चोरी आरोपमा पक्राउ परेका ती युवक यसअघि जिल्ला कारागार कञ्चनपुरमा तीन वर्ष बढी कैद भुक्तान गरेर रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार