घट्यो सुनको मूल्य

२०८० कार्तिक २६, आईतवार

काठमाडौं : नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार