

जनकपुर : जनकपुरधामस्थित जानकी मन्दिरमा एकसाथ ५१ हजार दीप प्रज्वलन गरिने भएको छ । आइतबार साँझ जानकी मन्दिरमा लक्ष्मी पुजासँगै ५१ हजार दीप प्रज्वलन गरिने भएको हो ।
त्यसका लागि अहिले तयारी भैरहेको छ । जनकपुरधाममा अहिले दीप प्रज्वलन सुरु भैसकेको छ । दीप प्रज्वलनसँगै जनकपुरधामको स्वरुप फेरिएको छ ।