घाइते पाटे बाघको उद्धार

२०८० कार्तिक २६, आईतवार

नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार बिरामी तथा घाइते अवस्थामा रहेको पोथी पाटे बाघको रेखदेखलगायत उपचारका लागि उद्धार गरिएको हो । सहायक संरक्षण अधिकृत दाहालले घिस्रिदै हिँड्दैगरेको पोथी पाटे बाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बताए । उनले यसरी नियन्त्रणमा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउनेगरेको पनि बताए ।

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटे बाघलाई राख्न उचित ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिए । उनका अनुसार निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटे बाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटे बाघ राखेर उपचार गरेको छ ।

निकुञ्जमा रहेका बाघले मानव बस्तीनजिक पुगेर पटक पटक मानवमाथि आक्रमण गर्न थालेपछि बढ्दै गएको मानव र वन्यजन्तुको द्वन्द्व समाप्त गर्न निकुञ्जले विभिन्न योजना बनाउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार