

काठमाडौं : इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेष्टर सिटीले रोमाञ्चक बराबरी गरेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४–४ को बराबरीमा सकिएको हो।
खेलको २५औं मिनेटमा एर्लिङ हालान्डको पेनाल्टी गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। चेल्सीका डिफेन्डर कुकुरेलाले हालान्ड माथि अनावश्यक फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई हालान्डले खेर जान दिएनन्। खेलको २९ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। डिफेन्डर थियागो सिल्भाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
तर ३७ औं मिनेटमा पूर्व सिटीका खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्यमा सिटीले बराबरी गोल फर्कायो। मानुएल आकान्जिको हेडर गोलमा सिटी खेलमा फर्किएको थियो। पहिलो हाफमा समान २ गोल भएको खेलमा दोस्रो हाफमा थप २ गोल भयो। दोस्रो हाफको दोस्रो मिनेटमा नै हालान्डले व्यक्तीगत दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए।
खेलको ६७औं मिनेटमा चेल्सीले चेल्सीले गोल फर्र्कापछि खेल ३–३ को बराबरीमा पुगेको थियो। ग्यालाघरको प्रहार सिटीका गोलरक्षक एडरसनले बचाएपनि त्यसकै रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए। ८६औं मिनेटमा सिटीले पुनः गोल गर्दै चेल्सीविरुद्ध अग्रता बनायो। रोड्रीकोको गोलमा सिटीले खेलमा ४–३ को अग्रता बनायो।
तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले चेल्सीका अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि बराबरी गर्ने सुन्दर मौका पायो। जुन मौकाजलाई कोल पालमरले खेर जान दिएनन् र चेल्सीलाई बराबरीको अवस्थामा ल्याए। र खेलमा ४–४ को बराबरी गर्दै दुवैले अंक बाड्न बाध्य भए। बराबरी पछि १२ खेलमा २८ अंक सहित सिटी पहिलो स्थानमा रहेको यथावत छ। समान खेलबाट १६ अंक बनाएको चेल्सी भने १० औं स्थानमा छ।