उर्लाबारीमा राती भएको आगलागीमा परि प्रहरीसहित २० भन्दा बढी घाइते

२०८० कार्तिक २७, सोमबार

विराटनगर : मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।

घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार