काठमाडौं उपत्यकामा रातभर देउसी–भैलो खेल्न पाइने

२०८० कार्तिक २७, सोमबार

काठमाडौं : काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ ।

भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । ‘उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ,’ प्रजिअ बस्नेतले भने, ‘आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार