टिकटक बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

२०८० कार्तिक २७, सोमबार

काठमाडौँ : नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठकपछि रातोपाटीसँग बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार