

काठमाडौं : टिकटकको डेटा सुरक्षा र अराजकताप्रति चिन्तित हुँदै विश्वभर यसलाइ प्रतिबन्धको बहस चलिरहेको छ । नेपालमा पनि मन्त्रिपरिषद्ले सोमबार मात्र टिकटक प्रतिबन्धको निर्णय गरेको छ । विश्वभर लोकप्रिय एप्लिकेशन टिकटक चिनियाँ कम्पनीले बनाएको हो । तर यही एप्लिकेशन भने चीनमा चल्दैन ।
चीनमा डुयोबिन एप्लिकेशन चल्छ । यो टिकटकको भगिनी एप्लिकेशन हो । दुबै एप्स बाइट डान्सले बनाएको हो । डुयोबिनको अल्गोरिदम नै टिकटकको जननीको कारण बनेको थियो । त्यसकै बलमा यसले विश्वमा लोकप्रियता कमाएको हो । सतहमा दुबै कम्पनी उस्तै देखिएपनि यी एप्सका नियममा धेरै भिन्नता छ ।
डुयोबिन प्रतिदिन ६ सय करोड प्रयोगकर्ताले प्रयोग गर्छन् । सन् २०१६ मा बनेको डुयोबिनले पनि लाइभ स्ट्रिमिङमार्फत पैसा कमाउँथ्यो । त्यही एप्सबाट आर्जित रकमबाट बाइट डान्सले टिकटक बनाएको हो । उनले सन् २०१२ टुसियो बनाएका थिए । हरेक प्रयोगकर्ताका लागि त्यसमा अनुकुलन सुविधासहितको न्यूज फिड थियो । हरेक प्रयोगकर्ताले त्यसमा प्रतिदिन कम्तीमा ७० मिनेट चलाउँथे ।
बाइट डान्सले डोयोबिनमा पनि प्रयोगकर्ता टिकाउन उस्तै फर्मुला लगायो । सन् २०१७ मा बाइट डान्सले अमेरिका केन्द्रित भिडियो स्टार्टअप कम्पनी खरिद गर्यो । त्यस मार्फत उसले डुयोबिनको प्रवासी संस्करण ल्यायो । उसले म्युजिकल्ली पनि खरिद गरेर सन् २०१८ मा टिकटक प्रयोगकर्तासामु ल्यायो ।
सन् २०१८ देखिनै विश्वभर यसको लोकप्रियता बढ्दै गएको थियो । सन् २०२१ भित्र विश्वभर टिकटक प्रतिमहिना १ अर्बले सक्रिय रुपमा प्रयोग गर्थे ।