दुर्घटनामा परि एकको मृत्यु

२०८० कार्तिक २८, मंगलवार
बिर्तामोड : झापा कनकाई नगरपालिका-९  घैलाडुब्बा सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई-९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हस्पिटल पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार