हैदराबादको एक आवासीय भवनमा आगलागी हुँदा नौ जनाको मृत्यु

२०८० कार्तिक २८, मंगलवार

काठमाडौं : हैदरावादको एक आवासीय क्षेत्रमा सोमबार बिहान भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको छ । आगलागीमा परी आठ जना घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । हैदराबादका एसीपी विक्रम सिंह मानले समाचार एजेन्सी एएनआईलाई केमिकलले भरिएको ड्रम राखिएको बेसमेन्टमा आगलागी भएको बताएका छन् ।

उनले भने, ‘आज बिहान आगलागी भएको जानकारी पाएपछि टोलीले यहाँ पुगेर आगो नियन्त्रणमा लिएको हो… यस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । धुवाँका कारण निसास्सिएर यी व्यक्तिको मृत्यु भएको हो । किनकी आगो लाग्दा धुवाँ उठेको थियो । यी मानिसहरूले धुवाँबाट बच्न तल आउन खोजे तर त्यसो गर्न सकेनन्। अनि निसास्सिएर उनीहरूको मृत्यु भयो।”

यस विषयमा अनुसन्धानका क्रममा उनले भने, ‘केमिकलले भरिएको ड्रमलाई आवासीय भवनमा किन राखियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । हामी यसको छानबिन गर्दैछौं र यस विषयमा कडा कारबाही हुनेछ। ” केन्द्रीय मन्त्री जी किशन रेड्डी घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार