आधा घण्टादेखि कमलपोखरीमा भैंसी, उद्धार प्रयास गर्दै सशस्त्र प्रहरी

२०८० कार्तिक २८, मंगलवार

काठमाडौँ : कमलपोखरीमा अनियन्त्रित भैंसी पसेको छ । काठमाडौँ महानगरको टोलीले नियन्त्रणमा लिन प्रयस गरेको भैंसी कमलपोखरिमा बसिरहेको छ ।

आधा घण्टादेखि कमलपोखरीमा  अनियन्त्रित रुपमा बसिरहेको भैंसी नियन्त्रणमा लिन महानगरको टोलीले प्रयास गरिरहेको छ । महनगरले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र स्नेह केयर्सको टोली समेत घटनास्थलमा पुगेको छ ।

बिहानैदेखि नियन्त्रणमा लिन प्रयास गरिएको भैंसीले दुईवटा स्कुटरमा क्षति गरेको महनगर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार