

काठमाडौं : पाकिस्तानका दिग्गज क्रिकेटर तथा पूर्व कप्तान शाहिद अफ्रिदीले पाकिस्तानी क्रिकेट टोलीका वर्तमान कप्तान बाबर आजमको कप्तानीमाथि प्रश्न उठाएका छन् । एक कार्यक्रममा अन्य धेरै कमेन्टरहरु मध्ये उनले बाबर आजमको नेतृत्व क्षमतामा गम्भीर प्रश्न उठाएका थिए । उनले भने -‘हामीले बाबर आजमले विगत चार वर्षमा धेरै गल्ती गरेको देखेका छौं।’
शाहिद अफ्रिदीले भने, “म बाबरलाई विश्वका शीर्ष कप्तानको सूचीमा समावेश गरियोस् भन्ने चाहन्थें। तीन-चार वर्ष कप्तान हुँदा उनको कप्तानीमा कहिल्यै खतरा थिएन। हामी सबैले उनलाई समर्थन गरिरह्यौं। हामीले महसुस गर्यौं कि उनी तीन–चार वर्षभित्र तयार हुन्छन् ।” “कप्तान भएकाले उनले आफ्नो क्षमता प्रमाणित गर्न सक्नुपर्थ्यो। तर त्यसो हुन सकेन। हामीले धेरै गल्ती देखेका छौं। नेताले टोलीको नेतृत्व गर्दा सबैलाई साथमा लिनुपर्छ।” यसपछि युनिस खानको उदाहरण दिँदै उनले आफ्नो पालामा आफ्नो पूरा टिमलाई साथमा लिएर जाने गरेको बताए ।
उनले भने, “उनले भनेका थिए कि कप्तानसँग एक वा दुई खेलाडी हुँदैनन्। उनीसँग छ-आठ खेलाडीहरू छन् जसलाई उनले आफूसँगै लैजान्छन् । युनिस खान एक्लै निर्णय लिँदैनन्। उनले हामीमध्ये पाँच-छ जनालाई साथमा लैजान्थे।” त्यसपछि उनले कुनै पनि टोलीका कप्तानमा यस्ता गुणहरू हुनुपर्ने बताए । विश्वकप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीको खराब प्रदर्शनपछि बाबर आजमको कप्तानीमाथि तरवार झुण्डिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनी पीसीबी प्रमुखलाई भेट्न सोमबार लाहोर पुगेका थिए। स्रोतका अनुसार बाबरले यस हप्ता पीसीबी प्रमुख जाका अशरफलाई भेटेर सबै ढाँचामा कप्तानी गर्ने निर्णय गर्नेछन्। आजमले दुई एसिया कप, दुई टी-२० विश्वकप र जारी क्रिकेट विश्वकपमा पाकिस्तानी टोलीको नेतृत्व गरेका छन्। तर पाकिस्तानी टोलीले यीमध्ये कुनै पनि कप जित्न सकेको छैन।