

काठमाडौँ : धनुषाको बिदेहीमा रेलले किच्दा एक जनाको मृत्यु भएको छ। जनकपुर-जयनगर रेलमार्गमा पर्ने धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसनमा आज बिहान रेलले कच्दिा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतकक अन्दाजी ५० वर्षीय पुरुषको सनाखत हुन नसकेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए। मृतक पुरुषको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।