विश्वकप फाइनल : ११औँ ओभरमा ८१ रन बनाउँदै तीन विकेट गुमायो भारतले

२०८० मंसिर ३, आईतवार

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकपको अस्ट्रेलियाविरुद्धको फाइनल खेलमा आयोजक राष्ट्र भारतले तीन विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई चार रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो ।

गिललाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडद्वारा क्याच गराएका थिए । गिल आउट हुँदा भारतले ४.२ ओभरमा ३० रन बनाएको थियो । त्यसपछि भारतीय टोलीका कप्तान रोहित शर्मा ४७ रन बनाउँदै आउट भए । उनले ३१ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए ।

रोहितलाई मिचेल स्टार्कले एडम जाम्पाद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा रोहित आउट हुँदा भारतले ७६ रन बनाएको थियो । त्यसलगत्तै भारतका अर्का ब्याट्सम्यान श्रेयस ऐयर पनि पेभेलियन फर्किएका थिए ।

चौथो नम्बरका क्रिज समाल्न आएका ऐयरलाई प्याट कुमिन्सले चार रनको ब्यक्तिगत स्कोरमा जोस इङ्लिसद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा ऐयर आउट हुँदा भारतले ८१ रन बनाएको छ । अहिले विराट कोहली अविजित २४ रन र केएल राहुल अविजित एक रन बनाउँदै क्रिजमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार