

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।