

काठमाडौँ : ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्।
बैंकको मङ्सिर ३ गते आइतबार बसेको संचालक समितिको बैठकले बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्री चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मङ्सिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको हो। भट्टले दिएको राजिनामा बैंकको मङ्सिर ३ गतेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ।