रसुवामा १२ तोला सुनसहित तीन जना पक्राउ

२०८० मंसिर ४, सोमबार

काठमाडौं : रसुवामा १२ तोला सुनसहित तीन जना पक्राउ छन्। पक्राउ पर्नेमा आमाछोदिङ्‍मो गाउँपालिका-१, हाकुका ४४ वर्षीय सिने वाङ्दी तामाङ, वडा नम्बर ५ चिलिमेकी १६ वर्षीया किशोरी लाक्पा बुटी तामाङ र वडा नम्बर ४ की २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका हुन्।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले रसुवागढी नाकाबाट आइतबार साँझ पक्राउ गरेको हो। बरामद गरिएको सुनको मूल्य १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार