

जोमसोम :मुस्ताङमा एक महिनामा ७९ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिक महिनामा ७९ हजार ३७३ जना पर्यटक मुस्ताङ भित्रिएका हुन्। जसमध्ये आन्तरिक पर्यटक ७३ हजार ८७९ र बाह्य पर्यटक ५ हजार ५०४ जना रहेका छन्।
मुस्ताङमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ। मुस्ताङ आएका पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी फर्किने गरेका छन्।