

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त भएका छन्। यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो। उनले आजदेखि कार्यभार सम्हालेका हुन्।
दुवाडी गते कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सुदूरपश्चिम प्रदेशकाे मुख्य सचिवबाट उद्योगमा सरुवा भएका थिए।