सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

२०७९ माघ २८, शनिबार ०९:३३ बजे

कालिकोट : कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । तिलागुफा नगरपालिका–७ की ३४ वर्षीय दन्दा विष्ट रावतलाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोट डा रत्नवीर सुनारले जानकारी दिए । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार