
काठमाडौँ : विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन हिजो काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ ।
पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् ।
पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।