पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

२०७९ माघ २८, शनिबार १०:५३ बजे

काठमाडौं : चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । 

विशेष शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् ।  

उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् । उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्नपनि नरमाइलो लागेको बताइन् । उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने बताइन् । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार