
झापा : विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
हात्ती बाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टागेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।