चितवनमा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

२०७९ माघ २८, शनिबार १२:५० बजे

चितवन : चितवनमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि को आयोजनामा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनी २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन हुनेछ । आज एक कार्यक्रमका विच कृषिमन्त्री ज्वालाकुमारी शाहाले उद्घाटन गरे । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

उक्त प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार