पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

२०७९ माघ २८, शनिबार १८:१३ बजे

पोखरा : पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडिदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिइरहेका दमकल चालक रामजी केसीका अनुसार आगलागी नियन्त्रण नजिक छ । ‘आधा घन्टा भयो । अब आगलागी नियन्त्रण लिँदैछौं ।’ स्रोतका अनुसार बिजुली सर्ट भएपछि आगलागी भएको हो । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार