
रौतहट : रौतहटको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सो झडपमा परी दुबै पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नगर प्रमुख विनोद पटेलले क्रसरको नाममा मनपरी गरेको भन्दै स्थानीयवासीले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरि दिएका छन् । जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरका अनुसार बृन्दावनस्थित बाग्मती खोलावाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको हो ।
सो झडपमा केही घाइते भएको खबर प्राप्त भएसँगै त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । जसकाकारण अहिले अवस्था सामान्य हुदैँ गएको छ । घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।