
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गरेकी छन्। शनिबार बेलुकी नवनिर्वाचित संघीय सांसद सांसदहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरिएको राष्ट्रपतिको कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
उनका अनुसार संघीय संसदका सदस्यहरूलाई रात्रिभोजका लागि बोलाइएको हो। यस्तै, रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारीलगायतलाई निम्ता दिइएको छ।
रात्रिभोजको आयोजना शीतल निवासमा रहेको छ। यही आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ भने फागुन २८ गते उनको कार्यकाल सकिँदै छ। राष्ट्रपतिको कार्यकाल सकिने बेलामा भण्डारीले रात्रिभोजको कार्यक्रम आयोजना गरेकी हुन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।