विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना

२०७९ माघ २८, शनिबार २०:४५ बजे

काठमाडौँ : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् ।  दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो । 


केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार