
तारा निरौला इटहरीस्थित उद्गम साकोस् सहकारीकी व्यवस्थापक थिइन्। उनी कार्यालय बाट आफन्तको बिहेमा जानभनी स्कुटरमा निस्केकी थिइन्।
तरहरामा उनकी फूपूका छोराको बिहे चलिरहेको थियो । सबै आफन्त त्यहाँभेला भएका थिए। इटहरी-५ की २५, वर्षीया निरौलालाई त्यसै क्रममा ट्रकले इटहरी-६ कोसी राजमार्गमा शुक्रबार दिउँसो १:२० बजे ठक्कर दिएको थियो।
उनका श्रीमान् नवीन गौतमले यो खबर तारालाई अस्पतालमा पुर्याए पछि मात्रै थाहा पाए। दुर्घटना भयो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भनी मलाई खबर आएको आयो गौतमले भने। शुक्रबार दिउँसो १:२० मा ना५ख ४५५३ ट्रकले धरानतर्फ गइरहेको को २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा निरौलाको मृत्यु भएको थियो।
ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार निरौला गम्भीर घाइते भएकी थिइन् । उनलाई प्रहरीले उपचारका लागि प्रतिष्ठानमा पुर्याएको थियो । नवीन र ताराको २०७२ साल फागुन ४ गते बिहे भएको थियो । उनीहरूकी एक मात्रै छोरी छिन्। उनी पनि भर्खर १० महिनाकी भएकी छिन्। तीन दिनअघि उनी १० महिनाकी भएकी थिइन्। नवीन सुनसरी क्रिस्टल एकेडेमी नामको अंग्रेजी बोर्डिङका सञ्चालक हुन्। बोर्डिङ लाग्नु अघिनै उनी घरबाट निस्केका थिए।
ताराको निधनले बिहेको रमझम् शोकमा परिणत भएको छ। उनको मृत्युपछि आफन्त शोकमा छन्। ताराको माइती तेह्रथुम पिप्ले हो। उनीहरू एनिभर्सरी मनाउने तर्खरमा पनि थिए निरौलाका एक आफन्तले भने।
दुर्घटनामा ताराको मृत्युपछि १० महिनाकी छोरीको अभिभावकत्व नवीनको जिम्मामा छ। घटनापछि उनी विक्षिप्त छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।