चिच्याएर वर माग्ने मेलामा साढे १८ लाख भेटी संकलन

२०८० मंसिर १६, शनिबार

पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ ।

एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए । यहाँ मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन छ । त्यसका लागि नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।

कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजन आउने गरेका छन् । यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण गत वर्षको लुतनामा केही पोहोर सालभन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार