प्रतिनिधि सभाको बैठक आज

२०७९ माघ २९, आईतवार ०८:५९ बजे

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वाषिर्क प्रतिवेदन पेस गर्ने, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने र सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

घलेको उपचारको क्रममा यही माघ २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार