यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

२०७९ माघ २९, आईतवार ०७:१९ बजे

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आइतबार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको समितिले जनाएको छ ।

आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ मुठा, जिरा सागको ४० रुपैयाँ, चम्सुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार