रियलले पाँचौंपल्ट जित्यो क्लब विश्वकप उपाधि

२०७९ माघ २९, आईतवार १०:१५ बजे

काठमाडौं : साउदी अरबको अल हिलाललाई ५-३ गोलअन्तरले पराजित गरी स्पेनिस महारथी रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

मोरक्कोमा भएको फाइनलमा रियलका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २-२ तथा करिम बेन्जेमाले १ गोल गरे । अल हिलालका मोउसा मेरेगाले १ र लुसियानो भेट्टोले २ गोल गरे ।

रियलले कीर्तिमान विस्तारित पाँचौँ पल्ट क्लब विश्वकपको उपाधि जितेको हो। रियलले सन् २०१४ देखि २०१८ को बीचमा चारपल्ट यो प्रतियोगिता जितेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार