बुवाका कारण किन लुक्दै उडे अनमोल केसी ?

२०७९ माघ २९, आईतवार ११:०० बजे

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादमा छन्। एकपछि अर्को विवादमा तानिएका भुवनका कारण उनका छोरा अभिनेता अनमोल केसी अप्ठ्यारोमा परेका छन्।

विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म महोत्सवमा सहभागी हुन् अनमोल सुटुक्क दुबई उडेका छन्। सूर्य कर्पोरेसनसँग मिलेर विकास बोर्डले गर्न लागेको यो अवार्ड सबैतिरबाट विवादको घेरामा तानिएको छ। कतिपय कलाकारले त अवार्ड बहिस्कार गरेर बसेका छन्।

अनमोल देशमा हुने प्राय अवार्डमा सहभागी हुँदैनन्। उनी विदेशमा हुने अवार्डमा पनि नजाने कलाकारमा पर्छन्। तर दुबईमा हुने लागेका अवार्डमा सहभागी हुने भनेर अनमोलको नाम प्रचार हुँदादेखिनै फिल्मकर्मीले अचम्म मानेका थिए। यति धेरै आलोचना भएको कार्यक्रममा सहभागी हुन अनमोल कसरी राजी भए भनेर अहिले प्रश्न उठिरहेको छ।

फिल्म उद्योगमा विवादमा आउन नरुचाउने अनमोल यो अवार्डपछि भने विवादमा तानिएका छन्। दुबई उड्ने बेला पनि उनी खुलेर बाहिर आउन सकेनन्। उनका पिता भुवन केसीले अनमोल मिडियाका सामु आएर आफ्नो धारणा राख्ने बताउँदै आएपनि अनमोलले मिडिया सामु आफूलाई उभ्याउन सकेनन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार