
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। शुक्रबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।