उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन

२०७९ माघ २९, आईतवार ११:१५ बजे

काठमाडौं : उपचार सेवा माग गर्दै बिरामी र तिनका आफन्तहरु वीर अस्पताल अगाडिको सडकमा बसेपछि केहीबेर यातायात सेवा प्रभावित भएको थियो । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।

सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार