
काठमाडौँ : खेलका लागि भारत जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ। टोलीलाई ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिदाइ गरिएको हो। नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ।
नेपालले आगामी फागुन ३ र ६ गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
अन्तिम टोली :
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ
डिफेन्डर : हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे
मिडफिल्डर : विमला चौधरी, सविता राना मगर, सरु लिम्बू, दीपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, निर्मला विक
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।