उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै रहने

२०७९ फाल्गुन २८, आईतवार १३:०० बजे

काठमाडौँ : निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको जनता समाजवादीका सांसद प्रदीप यादवले जानकारी दिए ।

शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट संविधानको धारा ७० अनुसार राष्ट्रपति पुरुष लिङ्गको भएकोले महिला उपराष्ट्रपति हुने व्यवस्था रहेको भन्दै यादवको उम्मेदवारी विरुद्ध दाबी विरोध दर्ता गराएकी थिइन । शनिवार बिहान यादवले सो दाबी विरोधको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार