नेपालाई पाँचौं सफलता , सन्दीपले मुस्तफालाई आउट गराए

२०७९ फाल्गुन २८, आईतवार १४:४८ बजे

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १४औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो ।

नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए । यसअघि नेपालका लागि सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार