युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

२०७९ फाल्गुन २८, आईतवार १५:५५ बजे

काठमाडौँ : घरेलु मैदानमा आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका लागि सोझै एक दिवसीय मान्यता जोगाएको छ। युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।

लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ। ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ। शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ।

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार