ब्याजदर एकल विन्दुमा झार्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री

२०७९ फाल्गुन २८, आईतवार १६:०२ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर एक्ल विन्दुमा सीमित राख्न आफूले पहल गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

मौद्रिक नीतिका कारण ब्याजदर बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल बिन्दुमा सीमित राख्न सकिन्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको बताए ।

‘म यो विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल विन्दुमा सीमित राख्न सकिन्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी आवश्यक निर्देशन समेत मैले दिइसकेको छु’ प्रचण्डले भने ।

उनले देशमा झण्डै १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको पनि बताए । उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौति गर्दै पूँजीगत खर्चलाई तीब्रता दिने कार्य सरकारले गरिरहेको पनि बताए । भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानीहरु समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उनले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार