कांग्रेसको सबै जिम्मेवारीबाट अलग भए राष्ट्रपति पौडेल

२०७९ फाल्गुन २८, आईतवार १६:०१ बजे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए ।

राष्ट्रपति निर्वाचित उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने छन् र त्यस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार